site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले पठाएको मिसाइलका कारण इरानको बन्दरगाहमा विस्फोट

काठमाडौं । इरानको सबैभन्दा ठूलो बन्दरगाहमा भएको विस्फोटका पछाडि चीनले पठाएको ठोस मिसाइल इन्धन भएको दाबी गरिएको छ ।

गत शनिबार इरानको सबैभन्दा ठूलो बन्दरगाह सहिद राजाइ बन्दरगाहमा भएको विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी मानिस घाइते भएका छन् । 

इरानको राज्य–सञ्चालित इस्लामिक रिपब्लिक न्युज एजेन्सीले यो विस्फोट रासायनिक पदार्थ भएका कन्टेनरहरूका कारण भएको हुनसक्ने द टेलिग्राफले बताएको छ ।

एजेन्सीले कुन रासायनिक पदार्थ हो भन्ने उल्लेख गरेको छैन । तर गत जनवरीमा चीनले सोडियम परक्लोरेट (एक प्रकारको मिसाइल इन्धनको प्रकार) इरान पठाउने  भन्ने खबर आएको थियो । इरानले इजरायलमा आक्रमण गरेपछि इरानमा यसकोे आपूर्ति कम भएको थियो ।

समाचारका अनुसार गत फेब्रुअरीमा गोलबन नामको एक जहाज चीनबाट एक हजार टन अमोनियम परक्लोरेट (सोलिड रकेट इन्धन बनाउन प्रयोग हुने अर्को पदार्थ) लिएर इरान पुगेको भन्ने समाचारमा आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro