site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आँबुखैरेनी–मुग्लिन खण्ड सञ्चालन
फाइल तस्बिर

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतका लागि आइतबार बिहान १० बजेदेखि बन्द गरिएको उक्त सडक खण्ड दिउँसो १ः१० बजेदेखि सञ्चालन भएको हो । 

राजमार्ग बन्द भएको समयमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई आँबुखैरेनी नजिक रोकिएको थियो । राजमार्ग सञ्चालन भएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुंगाहरू झार्नुपर्ने भएकाले सडक अवरुद्ध गरेर काम गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । वि.सं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मत भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रा.लि. भरतपुरले सडक मर्मत गरिरहेको छ । मर्स्याङ्दी नदीदेखि पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro