site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य एकै दिन चार हजारले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  छापावाल सुन प्रतितोला चार हजार रुपैयाँ घटेर कारोबार भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro