site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुलिस र हेल्प नेपाल च्याम्पियन

काठमाडौं । आठौँ प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । लिगमा अपराजित रहँदै फाइनलमा पुगेको पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई ३–२ ले पराजित गरेको हो ।

पुलिसले एभरेस्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गर्‍यो । पुलिसले पहिलो र दोस्रो सेट जितेको थियो । पुलिसले तेस्रो र चौथो सेट गुमाएको थियो । पाँचौँ सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो ।

शनिबार नै भएको पुरुषतर्फको फाइनल खेलमा टिपटप हेल्प नेपाल विजयी भयो । गण्डकी प्रदेशलाई हेल्प नेपालले ३–१ ले पराजित गरेको हो । गण्डकीलाई हेल्प नेपालले २५–२२, २५–२०, २५–२० र २५–२० को सेटमा पराजित गर्‍यो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro