site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजतन्त्र फर्काउन धेरै टाउको नदुखाउनोस्, बरु व्यापार गर्नोस् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्काउन धेरै टाउको नदुखाउन सुझाव दिएका छन् ।

पार्टीको कोसी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने विषय दिवास्वप्न मात्र भएको उल्लेख गरे । यसका निम्ति धेरै टाउको नदुखाउन बरु व्यापार गरेर बस्न उनले सुझाव दिए ।

राजतन्त्र फर्काउन खोज्नेहरूको स्वर अहिले मधुरो हुँदै गएको उनले बताए । पार्टीहरूको प्रवृत्तिको विरोध गर्ने गरिए पनि अहिलेको संक्रमणकालीन अवस्थामा कुनै दललाई शत्रु घोषित नगर्ने उनले स्पष्ट पारे ।

अध्यक्ष नेपालले मधेस प्रदेशमा पुरानो गठबन्धनबाट मुख्यमन्त्रीको प्रस्ताव आए पनि पार्टीको हितलाई मध्यनजर गर्दै नयाँ समीकरणकै निर्णयानुसार आफूहरू अघि बढेको बताए । मुलुकको परिस्थितिअनुसार पनि केन्द्रको गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिकालाई सकारात्मक रूपमा लिइएको बताए । समाजवादी मोर्चालाई पुनर्गठन गरेर अघि बढ्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

मुलुकलाई समाजवादको बाटोतर्फ अघि बढाउन जनवादी क्रान्तिको आवश्यकता पर्ने उनको धारणा छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro