site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटअघि नै विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्री पाण्डेको तयारी
फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अगाडि नै विश्वासको मत लिने भएका छन् । पाण्डेले आगामी सोमबार (जेठ २८ गते) विश्वासको मत लिने तयारी गरेका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा सरकार टिकाउन ३१ सांसदको समर्थन चाहिन्छ । तर, पाण्डेसँग कांग्रेसका २७ सांसदमा छन् ।

विश्वासको मत पाउन उनलाई थप चार सांसदको साथ चाहिन्छ । दुई सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा छ । राप्रपाले समर्थन गरिहाले पनि अझै दुई सांसदको अभाव रहन्छ ।

विपक्षमा रहेको एमाले–माओवादी गठबन्धनले विश्वासको मत दिने सम्भावना छैन । अर्कातर्फ स्वतन्त्र सांसद दीपक मनाङे (राजिव गुरुङ) पनि वर्तमान सरकारमा तत्काल नजाने बताइरहेका छन् ।

तत्काल विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री पाण्डे बिहीबार काठमाडौं गएका थिए । काठमाडौंमा शीर्ष नेताहरूसँगको भेटपछि पाण्डेले विश्वासको मत लिने तयारी गरेका हुन् ।

जेठ १७ यता स्थगित गण्डकी प्रदेशसभा बैठक अब विश्वासको मत लिने समयमा नै खुल्ने देखिएको छ । अर्कातर्फ प्रदेशसभामा नीति तथा कार्यक्रम पनि पेस भएको छैन ।

विश्वासको मत नपाएपछि सदन स्थगित गर्ने र अध्यादेशबाट बजेट ल्याउने आशंका विपक्षीले गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro