site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमडीएमएस प्रणाली ढिलोचाँडो लागु हुन्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलमा एमडीएमएस प्रणाली लागु गर्नबाट सरकार पछि नहटेको बताएकी छन् ।

शुक्रबारदेखि राजधानीमा सुरु नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन गर्दै उनले सरकारले ढिलोचाँडो एमडीएमएस प्रणाली लागु गरेरै छाड्ने स्पष्ट पारिन् ।

“एमडीएमएस प्रणाली लागु हुन्न भन्ने नसोचौँ, ढिलोचाँडो एमडीएमएस लागु हुन्छ । यो प्रणाली लागु गर्ने प्रक्रियामा सरकार अघि बढे पनि तत्काल लागु गर्न नसकिएको हो, तर सरकार ब्याक भएको होइन,” उनले भनिन्, “निकट भविष्यमा यो लागु हुन्छ, ढुक्क हुनुस् ।”

टेक्नोलोजीको विकास नभइसकेका कारण अहिले नै एमडीएमएस लागु गर्न उनको भनाइ छ । “यो (एमडीएमएस) जरुरी हो भन्ने कुरामा प्रधानमन्त्री र हामी तयार छौँ । यहाँ केही बदमासी पनि भएको रहेछ, छानबिन भइरहेको छ,” उनले भनिन्, “अलि परिपक्व भएपछि एमडीएमएस लागु हुन्छ । सरकार त्यसमा तयार छ ।”

मन्त्री शर्माले व्यवसायीले चोरीका मोबाइल बेच्न छाडे ‘ग्रे फोन’को कारोबार समेत बन्द हुने बताइन् । ग्रे फोनको कारोबार बन्द भए देशको अर्थतन्त्रमा वृद्धि हुने उनले उल्लेख गरिन् । त्यसले व्यवसायीको ‘मार्जिन’ पनि बढाउन सहयोग पुग्ने उनले बताइन् ।

महाधिवेशनमार्फत महासंघको आउँदो कार्यकालका निम्ति नेतृत्व चयन गरिनेछ । महाधिवेशनमा ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro