site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । 

सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विद्यमान संरचना भित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै सो प्राधिकरण बनाएर अघि बढ्ने बताएका हुन् । 

KFC Island Ad
NIC Asia

उनले सो प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरु हुने जानकारी समेत दिए । सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यससम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर सो प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस अवसरमा उनले आफ्नै पार्टीभित्र पनि सहकारी समस्या देखिएको आफू पनि त्यसको पीडामा परेको गुनासो गरे ।  

“सम्बन्धित मन्त्रालय, मन्त्री, मन्त्रालयका सचिवसमेतलाई राखेर अब यसलाई प्राधिकरण बनाएर सशक्त रूपले लैजानुको विकल्प छैन भन्ने ठाउँसम्म ल्याइपुर्‍याइएको छ । बोेर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाइभ गर्न सकिन्छ । प्राधिकरणभन्दा बाहिर गएर अहिले विद्यमान संरचना भित्रबाट सहकारी समस्या समाधान हुन्छ भन्ने कुरा सम्भव छैन भन्ने ठाउँमा पुगेको छ । र, मलाई लाग्छ–अब केही समय भित्रै हामी त्यो प्रक्रिया अघि बढाउन सक्छौँ भन्ने विश्वास अहिले मलाई भएको छ,” प्रधानमन्त्रीले भने । 

Royal Enfield Island Ad

प्रधानमन्त्री प्रचण्डले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको जिकिर पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro