site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिफा विश्वकप छनोट : पहिलो हाफमा यूएईविरुद्ध नेपाल २–० ले पछाडि
Tiktok banner adTiktok banner ad

काठमाडौं । फिफा विश्वकप छनोट–२०२६ को दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछि परेको छ ।

बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा जारी खेलमा यूएईलाई अग्रतामा राख्न दुवै गोल हरिब अब्दल्लाह अलमुसारखले गरे ।

१२औँ मिनेटमा हरिब अब्दल्लाह अलमुसारखले गोल गर्दै यूएईलाई अग्रतामा राखेका थिए । त्यसको दुई मिनेटपछि अलमुसारखले नै यूएईको अग्रता दोब्बर पारे । 

छनोटको समूह 'एच'मा रहेको नेपाल तालिकाको पुछारमा छ । हालसम्म छनोटमा नेपालले चार खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro