राजनीति
काठमाडौं । मन्त्रालयमा भागबन्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेसमा ढिलाइ भएको छ । जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दलहरूबीच सहमति भइसकेको छ ।
जनमतले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिरकेको छ । तर, बिहान ११ बजेदेखि भागबन्डा मिलाउन बसेको दलहरूको बैठकमा सहमति हुन सकेको छैन । नेकपा (एकीकृत समाजवादी)ले तीनवटा मन्त्रालय दाबी गरेपछि कुरा नमिलेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ १९:३३
प्रतिक्रिया दिनुहोस्