site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेन शैलीलाई समर्थन गरेर कांग्रेसले गणेशमान र कृष्णप्रसादको अपमान गर्‍यो : महेश बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको शैलीलाई समर्थन गरेर कांग्रेसले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथि अपमान गरेको टिप्पणी गरेका छन् ।

बिहीबार संसद् भवनबाहिर उनले बालेनले गरिरहेको काम स्वाभाविक प्रकृतिको नभएको पनि बताए । बालेनले सामाजिक सञ्जालमा विभिन्न स्टाटसहरू लेखेर समाजलाई नकारात्मक पथमा हिँडाउने काम गरिरहेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

उनले देश, लोकतन्त्रका लागि लडेको नेताहरूको बारेमा मेयर बालेनको टिप्पणी तल्लोस्तरको रहेको बताए ।

"शीर्षस्थ नेताहरू, जसले देशका लागि लड्नुभयो, लोकतन्त्रका लागि लड्नुभयो, उहाँहरूले गरेको त्याग, तपस्या जेलनेल त्यो यातनालाई मजाकको विषय बनाएर जे प्रस्तुति मेयरबाट भइरहेको छ, त्यो कुरा ठिक छ भनेर यदि नेपाली कांग्रेसका महामन्त्रीज्यूले भन्नुहुन्छ भने यो त गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराईमाथिको अपमान हो । यो व्यवस्था ल्याउनका लागि लडेका सबैको लागि अपमान हो," उनले भने ।

उनले कांग्रेस अस्थिरतामा प्रवेश गरेर स्वार्थमा खेल्न खोजिरहेको आरोप लगाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro