site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तहदेखि केन्द्रसम्म ५२६ विपद् व्यवस्थापन कोष, कुन कोषमा कति छ रकम ?
SkywellSkywell

काठमाडौं । स्थानीय तहदेखि केन्द्रसम्म विपद् व्यवस्थापनका लागि ५२६ वटा कोष रहेका छन् । ती कोषहरूमा कुल ६ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केन्द्रमा प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष र विपद् व्यवस्थापन कोष छन् ।

KFC Island Ad
NIC Asia

सातवटै प्रदेशमा छुट्टाछुट्टै प्रदेश विपद् व्यवस्थापन कोष छन् । यस्तै, ७७ वटै जिल्लामा जिल्ला विपद् व्यवस्थापन कोष छन् भने ४४० वटा स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति छन् ।

प्राधिकरणको विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक अर्ब रुपैयाँ छ । विपद् व्यवस्थापन कोषमा एक अर्ब ६७ करोड रुपैयाँ छ ।

Royal Enfield Island Ad

सातवटा प्रदेशमा रहेका छुट्टाछुट्टै प्रदेश विपद् व्यवस्थापन कोषमा कुल ८४ करोड ७७ लाख रुपैयाँ छ ।

प्राधिकरणका अनुसार कोसी प्रदेश विपद् व्यवस्थापन कोषमा ६ करोड १९ लाख रुपैयाँ, मधेस प्रदेश विपद् व्यवस्थापन कोषमा ११ करोड ८३ लाख रुपैयाँ, वाग्मती प्रदेश विपद् व्यवस्थापन कोषमा १४ करोड ५४ लाख रुपैयाँ, गण्डकी प्रदेश विपद व्यवस्थापन कोषमा ३० करोड ७३ लाख रुपैयाँ, लुम्बिनी प्रदेश विपद् व्यवस्थापन कोषमा ६ करोड ५६ लाख रुपैयाँ, कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा ६ करोड ८२ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन कोषमा १४ करोड ९२ लाख रुपैयाँ छ ।

७७ वटै जिल्लामा रहेका जिल्ला विपद् व्यवस्थापन कोषमा कुल एक अर्ब २५ करोड ५९ लाख रुपैयाँ रकम छ ।

देशका ७५३ स्थानीय तहमध्ये ४४० वटा स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति रहेका छन् । ४४० वटा स्थानीय विपद् व्यवस्थापन समितिमा कुल दुई अर्ब एक करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro