site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गरेकी छन् । बुधबार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । 

उनले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्यूनीकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको बताइन् । हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्ने कार्यमा लाग्नुपर्ने बताइन् ।

उनले अहिले हिमालमा हिउँ पर्न छोडेको, हिमालहरू पहाड बन्दै गएको, उर्वराशक्तिमा ह्रास आउनुले जलवायु परिवर्तनको असर कस्तो छ ? भन्ने अनुमान गर्न सकिने बताइन् ।

उपसभामुख रानाले बाँसका सामग्री, माटोको भाँडाहरूको प्रयोग बढाएर प्लास्टिकहरूको प्रयोग कम गर्न आह्वान गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro