site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चौधरी फाउन्डेसनद्वारा इलेक्ट्रिकल उपकरण मर्मत तालिम सम्पन्न

काठमाडौं । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरूलाई रोजगारमुलक सीप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सञ्चालित यस कार्यक्रम सफलतापूर्वक समापन भएको हो । चौधरी फाउन्डेसनले सुनसरीको गढी गाउँपालिका र नवलपरासीको सरावल गाउँपालिकामा पनि यस्तै तालिम सञ्चालन गरिरहेको हो ।

Dabur Nepal
NIC Asia

चौधरी फाउन्डेसनले तीन वटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेखसम्बन्धी तीन दिने तालिम पनि सञ्चालन गरिरहेको छ । यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेस प्रदेशमा चाँडै सुरु हुने जानकारी दिइएको छ ।

यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरूलाई इलेक्ट्रोनिक्स मर्मत र रेखदेखसम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सीपयुक्त जनशक्ति विकास गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताए । “हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरूलाई सीप विकासमा सहयोग गरिरहेका छौँ, ताकी उनीहरू देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन,” उनले भने । 

विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनि एल.जी. इलेक्ट्रोनिक्सको सहकार्य तथा प्रविधिक सहयोगमा यस्ता तालिममार्फत युवाहरूमा सीपको विकासमा सहयोग गर्नु चौधरी ग्रुपको कर्तव्य समेत रहेको उनले बताए । चौधरी ग्रुप नेपालका एल.जी. इलेक्ट्रोनिक्ससँग ४० वर्षभन्दा बढीको व्यावसायिक सम्बन्ध रहेको छ ।

समारोहमा बोल्दै चन्द्रगिरि नगरपालिकाका मेयर गिरीले चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro