site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२६ सिटको मत परिणाम : भाजपा १७, कांग्रेस चार सिटमा विजयी

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचन २०२४ को अन्तिम नतिजा आउन थालेको छ । भारतीय निर्वाचन आयोगले ५४३ सिटको लागि भएको निर्वाचनमा हालसम्म २६ सिटको अन्तिम मतपरिणाम घोषणा गरेको छ ।

आयोगका अनुसार अन्तिम मतपरिणाम आइसकेका स्थानमध्ये १७ सिटमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र चार सिटमा प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ ।

मतगणना मंगलबार बिहानबाट सुरु गरिएको हो । दिउँसो साढे ४ बजेसम्म जनता दल (सेकुलर)– जेडी (एस)ले दुई सिट, शिव सेना (उद्धव बालासाहेब थाँक्रे)ले एक, आम आदमी पार्टी (आप)ले एक र हिन्दुस्तान अवाम मोर्चा (सेकुलर)ले एक सिटमा जित निकालेका छन् ।

हातसम्मको मतगणनाअनुसार २२७ सिटमा भाजपा, ९४ सिटमा भारतीय राष्ट्रिय कांग्रेस, ३४ सिटमा समाजवादी पार्टी (एसपी), २९ सिटमा अल इन्डिया तृणमूल कांग्रेसका उमेदवारले अग्रता लिइरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro