site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा खस्कियो भाजपा, एक्लै बहुमत ल्याउन सकस 

काठमाडौं । भारतीय लोकसभा निर्वाचन २०२४ को मतगणना सुरु भएको ६ घण्टाभन्दा बढी भइसकेको छ । मतगणनाको प्रारम्भिक नतिजाले केही स्पष्ट सन्देश दिइसकेको छ । अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले यस पटक बहुमत नल्याउने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । मतगणना मंगलबार बिहानबाट सुरु भएको हो ।

भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो साढे २ बजेसम्मको अवधिमा ५४३ सदस्यको लागि भएको लोकसभा निर्वाचनमा भाजपाले २३९ स्थानमा अग्रता लिइरहेको छ । यीमध्ये दुई उमेदवार विजयी भइसकेका छन् ।

Dabur Nepal
NIC Asia

इन्डियन नेसनल कंग्रेस (आईएनसी)ले ९९ सिटमा अग्रता कायम राखेको छ । यीमध्ये एक स्थानमा कंग्रेसका उमेदवार विजयी भइसकेका छन् । यसअघि सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा भाजपाका ३०३ उमेदवार विजयी भएका थिए । कंग्रेसका ५२ उमेदवार विजयी बनेका थिए ।

सन् २०१९ को लोकसभा निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याएको थियो । अहिले ५४३ स्थानमा भएको निर्वाचनको हालसम्म भएको मतगणनामा भाजपा २३९ स्थानमा अघि रहेको छ । बहुमत ल्याउनको लागि कम्तीमा पनि २७२ स्थानमा जित निकाल्नु पर्छ, जुन यस पटक भाजपालाई मुस्किल देखिन्छ । निर्वाचनको परिणामले यसपटक भारतमा भाजपाको अवस्था खस्केको देखाउँछ । 

भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए । 

मतगणनाको प्रारम्भिक मतगणनाअनुसार केन्द्रमा सरकार बनाउन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) बीच प्रतिस्पर्धा देखिएको छ । एक्लै बहुमत ल्याउन नसक्ने अवस्था रहेको भाजपाले नेतृत्व गरेको गठबन्धन एनडीएले भने बहुमत ल्याउने देखिन्छ ।

मतगणना भएका स्थानमध्ये एनडीएका २९० उमेदवार, इन्डिया गठबन्धनका २३४ उमेदवार र अन्य १९ उमेदवारले अग्रता बनाएका छन् । सन् २०१९ मा सम्पन्न लोकसभा निर्वाचनमा एनडीएका ३५२, इन्डिया गठबन्धनका ९४ र अन्यका ९७ जना उमेदवार विजयी भएका थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro