site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेटमाथिको छलफलमा अर्थमन्त्रीको खोजी, १५ मिनेट बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री वर्षमान पुनको खोजी गरिएको छ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्रीको खोजी गरेका हुन् ।

बोल्न रोस्ट्रममा पुगेपछि उनले अर्थमन्त्री बैठकमा नदेखिएको बताए । उनले आफ्नो कुरा अर्थमन्त्रीले नसुने कुन मन्त्रीले सुन्ने ? भन्दै प्रश्न गरे ।

जवाफमा सभामुखको आसनमा रहेकी उपभामुख इन्दिरा रानामगरले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा जवाफ दिन गएको जानकारी गराइन् । उनले आफ्नो भनाइ राख्न लिङदेनसँग आग्रह गरिन् ।

तर, लिङदेनले मानेनन् । उनले बरु केही समय बैठक स्थगन गर्न र ‘अर्थमन्त्री पर्खौँ’ भने ।

यसैबीच, समय लिँदै नेकपा (एमाले)का सांसद दयालबहादुर शाहीले संसदीय गरिमा कायम राख्न आग्रह गरे । सदन दोहोरी खेल्ने ठाउँ नभएको उनले उल्लेख गरे । “बोल्न गएपछि सरासर बोल्नुपर्छ, सभामुखसँग दोहोरी खेल्नु हुँदैन,” उनले भने । 

शाहीले बोलेपछि राप्रपाका सांसद आसनमा उठेर विरोध गरे । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय दलको संसदीय दलको नेता बोल्न गएको र मन्त्री खोज्दा कसरी दोहोरी भयो ? भन्दै प्रश्न गरे । “अर्थमन्त्री खोजेको कुरा दोहोरी हुन्छ ? अर्थमन्त्री हुनुपर्छ । संसद् कसैको पेवा होइन,” उनले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका निम्ति संसद् बैठक स्थगन गरिएको जानकारी गराए । स्थगित संसद् बैठक पुनः सुरु भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro