site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, काठमाडौंमा तापक्रम ३१ डिग्रीसम्म पुग्ने सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोसी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

काठमाडौंमा आज बदली हुने तर वर्षा हुने सम्भावना धेरै नरहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् । “काठमाडौं आज दिउँसो बदली हुन्छ । तर वर्षा गराउने सम्भावना कम छ,” मौसमविद् अर्याल बाह्रखरीसँग भन्छन्, “भए पनि ३/४ बजेपछि केही स्थानमा छिटपुट वर्षा मात्रै हुन्छ । हल्का वा मध्यम वर्षाको सम्भावना छैन ।” 

उनका अनुसार काठमाडौंमा आज उच्चतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ ।  

विभागले राति कोसी, मधेस र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानमा तथा  बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro