site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट सुरु भयो भन्ने होइन : महेश बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरूको खटपट सुरु भयो भन्नेकुरा गलत भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सुझाव दिएकै कारण एमाले र नेकपा (माओवादी केन्द्र)को बीचमा असन्तुष्टि हुन लागेको भन्नेकुरामा सत्यता नरहेको स्पष्ट पारे ।

Dabur Nepal
NIC Asia

बजेटमा सत्ता पक्षका सांसदहरूले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने बताए । बजेटप्रति एमालेको आक्रोश, नकारात्मक टिप्पणी र असन्तुष्टि नभइ सुझावहरू मात्रै रहेको उल्लेख गरे ।

"यो छलफललाई सत्ता पक्षका माननीयज्यूले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त ठान्नेकुरालाई अस्वभाविक मान्नु भएन । हामीले यो बजेटमा अलिकति छलफल भएको भए हुन्थ्यो भन्ने अपेक्षा हो । तथापि, यो बजेट जुन आएको छ, यो बजेटप्रति हाम्रो आक्रोश छैन, नकारात्मक टिप्पणी छैन, असन्तुष्टि, आलोचना छैन । यो बजेटप्रति हाम्रो केही सुझावहरू छ । छलफल गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने हो," उनले भने । 

उनले बजेटमा एमालेले राजनीतिक रूपमा समर्थन गरेर अघि बढ्ने बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro