site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गौरव र क्विन्सी बने विजेता 

काठमाडौं । ‘नन्दिनी अर्ग्यानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’को उपाधि गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको प्रतियोगितामा उनीहरूले ९३ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेका हुन् ।

पुरुष र महिला गरी दुई भिन्न टाइटलका लागि भएको स्पर्धामा अवय खड्गी र जेसिका सिंह ठकुरी ‘फर्स्ट रनर अप’, विशेष श्रेष्ठ र मिमोसा राई सेकेन्ड रनर अप, शिशिर रेगामी मगर र एन्जल थापा मगर थर्ड रनर अप, सहारा लामा फोर्थ रनर अप भए ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा दीपसान्त नेपाली र कुसुम गुरुङ आयोजकको छनोटमा परे । आदित्य गौतम र अप्सना पन्त ब्रान्ड एम्बेस्डर, उक्रिसा मुधवारी ब्युटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्की र रञ्जिता कर्माचार्य मस्ट पपुलर र कुसुम गुरुङ तथा छसुम राई भर्चुअल च्वाइस बनेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

शीर्ष उपाधि विजेताहरूले उपाधिसँगै ५० हजार रुपैयाँ र स्मार्टफोन प्राप्त गरे । सेकेन्ड रनरअपसम्मका विजेताले बुद्ध एयरबाट पोखरा–काठमाडौंको हवाई टिकट र विश्वमञ्चमा नेपालको प्रतिनिधित्वको अवसर प्राप्त गर्नेछन् ।

प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा दश जोड दुई अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेको आयोजकले जनाएको छ ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro