site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसी एशिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित

काठमाडौं । एनआईसी एशिया बैंकले बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रियस्तरको सेवाप्रदायक इन्फोसेस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’अन्तर्गत सन् २०२४ मा एनआईसी एशिया बैंक सम्मानित भएको हो ।

नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रियस्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरेबापत यो बैंकले १० विधामा २०० आवेदनबीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको बताइएको छ ।

Argakhachi Cement Island Ad

आईसर्भ यो बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रूपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ ।

त्यसरी ग्राहक सेवा, भुक्तानी, कार्ड, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ, टेलर, अनलाइन, मर्चेन्ट सेवा तथा ट्रेड सेवाजस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७१ एटीएम, ११८ विस्तारित काउन्टर र ५१ शाखारहित शाखा सञ्जाल विस्तार गरी सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्