site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुँजी पलायन रोक्नुपर्छ : सांसद कुँवर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले पुँजी पलायनलाई रोक्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलका क्रममा बजेटले पुँजी पलायनलाई रोक्न ध्यान पुर्‍याउन नसकेको बताए ।

युवा विदेशिइरहेका तथा मध्यम र निम्नवर्ग आयस्रोतमा नजोडिएका कारण पनि पुँजीको परिचालन हुन नसकेको उनले उल्लेख गरे । उनले अर्थमन्त्री वर्षमान पुनले निराशालाई आशामा परिणत गर्ने गरी बजेट ल्याएको पनि बताए ।

“...यो बजेटमा अर्थमन्त्रीले केही साहस गर्नुभएको छ । केही आश्वस्त पनि पार्नुभएको छ,” उनले भने, “हरेक क्षेत्रमा छाएको निराशालाई आशामा परिणत गर्ने प्रयास अर्थमन्त्रीले गर्नुभएको छ ।”

सांसद कुँवरले कृषि क्षेत्रमा आधुनिकीकरण र बिचौलियाको अन्त्य गर्नुपर्ने बताए । बजेटले विदेश पलायन हुने विद्यार्थीलाई रोक्न नसकेको भन्दै उनले यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro