site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मेक्सिकोमा पहिलो महिला राष्ट्रपति बन्दै क्याउडिया !
तस्बिर : रोयटर्स ।

मेक्सिको । मेक्सिकोमा राष्ट्रपति पदकी उमेदवार क्लाउडिया शेल्नबाउम मुलुकको पहिलो महिला राष्ट्रपति निर्वाचित हुने ‘एक्जिट पोल’ सार्वजनिक भएको छ ।

६१ वर्षीया मेक्सिको सिटीका पूर्वमेयर क्लाउडिया गएको आइतबार भएको निर्वाचनमा ५६ प्रतिशत मतसहित अगाडि रहेको एक्जिट पोल सार्वजनिक भएको हो ।

उनले बिजनेस वुमन सोचिटी गाल्भेजलाई पराजित गर्ने अनुमान छ । निर्वाचन परिणामको औपचारिक घोषणा आज गरिँदै छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्