विदेश

काठमाडौं । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना सवार एउटा डुंगा नदीमा पल्टँदा आठजनाको मृत्यु भएको छ । पाँचजना बेपत्ता छन् ।
मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुंगा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताए ।
दुर्घटनामा परेका १३ जनाको उद्धार गरिएको छ । यात्रीमा अधिकांश महिला र बालबालिका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ ०९:३४
प्रतिक्रिया दिनुहोस्