site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनभीए महिला तथा पुरुष भलिबल लिगमा आज ६ खेल

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा आज ६ खेल हुँदैछन् । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्डहलमा जारी प्रतियोगितामा शनिबार र आइतबार पनि महिला तथा पुरुषतर्फ ६ खेल भएका थिए ।

तेस्रो दिनअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपीएफ र कर्णाली खेलकुद विकास परिषद् भिड्नेछन् । यो खेल बिहान ८ बजे सुरु भएको छ । १० बजे हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्बलले अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्नेछ ।

Dabur Nepal
NIC Asia

पुरुषतर्फ १२ बजे विभागीय टोली नेपाल पुलिस क्लब र बूढानीलकण्ठ भलिबल क्लब भिड्नेछन् । उक्त खेल सकिएपछि हेल्प नेपाल स्पोर्ट्स क्लब र सुदूपश्चिम स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अपराह्न ४ बजे विभागीय डर्बीमा आर्मी र एपीएफ भिड्नेछन् । दिनको अन्तिम प्रतिस्पर्धामा भने गण्डकी प्रदेश भलिबल एसोसिएसन र कोसी प्रदेश खेलकुद विकास बोर्डबीच हुनेछ । यो खेल बेलुका ६ बजेबाट सुरु हुनेछ ।

2-1717383484.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro