site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्पत्ति शुद्धीकरणमा सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वसीईओ सुवेदी दोषी ठहर

काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी विशेष अदालतबाट दोषी ठहर भएका छन् । सुवेदीले रेमिट्यान्स नै नआएको व्यक्तिहरूको नाममा फर्जी कारोबार गरेर आफन्तको नाममा सेयर कारोबार तथा घरजग्गाको कारोबार गरेको पाइएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर, न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नवीनसहित हरिकुमारी सुवेदी र बबिता पोखरेललाई दोषी ठहर गरेको हो ।

नवीनलाई दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ । सजाय निर्धारणका लागि जेठ ३२ गते पेसी तोकिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro