site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा कांग्रेस सहभागी हुने
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादको मुद्दा किनारा नलाग्दै कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार ल्याउने निर्णय गरेको छ । 

प्रदेशसभामा प्रदेश प्रमुख परशुराम खापुङले सोमबारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेशमन्त्री परिषद्ले आइतबार आ.व २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । “कार्यक्रम पेस गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय भएको छ,”उनले भने ।

Dabur Nepal
NIC Asia

यसअघि मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा र त्यसपछि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताको विषयमा भएको छलफलका बैठक कांग्रेसले बहिष्कार गरेको थियो । सर्वोच्च अदालतमा मुद्दा थाती रहेको जनाउँदै कांग्रेसले ती बैठक बहिष्कार गरेको थियो । तर, सोमबारको बैठकमा भने कांग्रेसका सांसद सहभागी हुने भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कांग्रेसका केदार कार्की नेतृत्वको सरकार छँदाछँदै संकल्प प्रस्ताव पारित गराएर सरकार विस्थापनको असंवैधानिक प्रयास भएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो ।

“नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा हामी सहभागी हुँदै छौँ,” कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने, “प्रतिनिधिसभामा समेत हाम्रो दलको गतिरोध अन्त्य भइसकेको छ । अब यहाँ हाम्रो फरक मत भए पनि आफ्ना कुराहरू सदनमा राख्नुपर्छ भन्ने नै हो । धेरै सांसदहरूले सहभागी हुनुपर्छ भन्ने सुझाव दिनु भएको छ ।” कार्कीले बजेट अधिवेशन भएकोले फरक मतसहित सहभागी हुने भन्ने दिशामै संसदीय दलको बैठकले निर्णय गरेर अघि बढ्ने जानकारी दिए ।

कोसीमा वैशाख ३१ गते बजेट अधिवेशन सुरु भएको थियो । कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोगी भूमिका खेलेका सांसदसहित माओवादी केन्द्रका सांसदले संकल्प प्रस्ताव पारित गराइ कार्कीलाई विश्वासको मत लिन भनेका थिए । तर, कार्कीे विश्वासको मत लिएको भन्ने जानकारी प्राप्त हुन नआएको भन्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कोसी सरकार गठनको प्रक्रिया र यसको विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार हुँदै छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro