site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवा–विद्यार्थीलाई ओलीको निर्देशन– प्रतिगामी सोचविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनू
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीलाई निर्देशन दिएका छन् । मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भड्काउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीले आक्रामक रूपमा प्रतिवाद गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय युवा संघ, नेपालले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उनले प्रतिगामीले गरेका गलत प्रचारको खण्डन हुने गरी अभियानको नेतृत्व लिन पनि युवा–विद्यार्थीलाई सचेत गराए । प्रतिगामी तत्त्व मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उनले उल्लेख गरे । त्यस्ता खालको गलत प्रचारको पछाडि कोही पनि लाग्न नहुनेमा उनले जोड दिए ।

“तपाईंहरूले प्रतिगामी सोचका विरुद्ध ओपन्ली, भोकल्ली, एग्रेसिभ्ली त्यसको विरुद्ध लाग्नुपर्छ । उनीहरूले एउटा प्रचार अभियान चलाएका छन्, त्यसको विरुद्ध तपाईंहरूले योजना बनाउनुपर्छ, लाग्नुपर्छ,” उनले भने, “तपाईंहरू संगठन र आन्दोलनको नेता मात्रै होइन, प्रचार अभियानको पनि तपाईंहरू सेना बन्नुपर्छ । जिम्मेवार प्रचार सेना बन्नुपर्छ ।”

उनले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए । जथाभावी ढंगले सामाजिक सञ्जालको प्रयोग गर्न नहने ओलीले बताए ।

“जे पनि फेसबुकमा स्टाटस लेखेको छ । जे पनि कमेन्ट गरिदिएको छ । त्यस्तो खालको होइन, रेस्पोन्सिबल । किनभने, तपाईंहरू युथ मात्रै होइन, रेस्पोन्सिबल युथ हो,” उनले भने, “तपाईंहरू राज्यप्रति जिम्मेवार हुनुपर्छ । मुलुक पछाडि फर्कन सक्दैन । पछाडि फर्काउने प्रयास सफल भए पनि टिक्दैन ।”

अध्यक्ष ओलीले एमाले मिसन–२०८४ का पक्षमा दृढतापूर्वक उभिएको बताए । त्यसलाई सफल बनाउने काममा लाग्न सिंगो पार्टीपंक्तिलाई उनले आह्वान गरे । मुलुकलाई संकटबाट जोगाउन पनि एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउनुपर्ने भएकाले आफूहरूले मिसन–२०८४ को अभियानलाई अघि बढाएको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro