site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वयंसेवक ट्राफिक खटाउने गृहमन्त्रीको निर्णयको प्रहरी पीसीसी बैठकमै विरोध

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय विवादमा परेपछि प्रहरी पछि हट्ने संकेत गरेको छ । गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर गएको मंगलबार सामाजिक सञ्जालमार्फत ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउने घोषणा गरेका थिए । 

महिला ट्राफिक प्रहरीहरूले रजस्वला भएका बेला चार दिन सडकमा डिउटी गर्नुपर्ने र उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा काम गर्नुपर्ने गृहमन्त्रीको घोषणा थियो । यसको भोलिपल्ट बुधबार ट्राफिक प्रहरीले नियम उल्लंघन गरेको आरोपमा एक हजार ३०३ जनालाई स्वयंसेवकका रूपमा सडकमा खटायो । तर, कार्यान्वयनमा आएको दुई दिनमै चौतर्फी विवाद भएपछि प्रहरीले पछि हट्ने संकेत गरेको हो ।

Dabur Nepal
NIC Asia

शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकमा गृह मन्त्रालयको निर्देशनमा मनपरी ढंगले ट्राफिक प्रहरीले कार्यान्यवनमा ल्याएको भन्दै विरोध भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी)को नेतृत्वमा बस्ने पीसीसी बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मात्रै सहभागी हुन्छन् ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार बैठकमा सहभागी अधिकांश अधिकारीले गृहमन्त्री लामिछानेले सस्तो लोकप्रियताका लागि संगठनमा कुनै छलफल नै नगरी आफैँले घोषणा गरेको काम कारबाही प्रहरीले गर्न नहुने बताएका थिए ।

ती अधिकारीले भने, “आईजीपीसाबसँग सामान्य छलफलमात्रै भएको रहेछ । कार्यविधि बनाएर जानुपर्ने धारणा आईजीपीको थियो । तर, गृहमन्त्रीले हतारमा स्टाट्स लेखे । त्यो राम्रो होइन। लोकतन्त्रमा कानुन र विधिअनुसार प्रहरी चल्ने हो । कसैको लहडमा प्रहरी चल्नुहुँदैन भन्ने धारणा हामीले राख्यौँ ।’

गृह मन्त्रालयबाट स्वयंसेवक परिचालनबारे गरेको कुनै पनि लिखित कार्यविधि प्रहरी प्रधान कार्यालयले पाएको छैन । प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले पनि स्वयंसेवक खटाउनेबारे कार्यविधि नआएको स्वीकार गरे ।

गृहमन्त्री लामिछानेको निर्देशनपछि ट्राफिक प्रहरीले मापसे, लेन अनुशासन, ओभर स्पिडलगायत नियम उल्लंघन गरेकालाई स्वयंसेवकका रूपमा खटाएको छ । उनीहरूलाई स्वयंसेवक लेखेको ज्याकेट लगाएर सडकमा खटाइएको छ ।

विज्ञहरूले भने यसलाई कानुनविपरीत भएको भन्दै तत्काल रोक्नुपर्ने बताउँदै आएका छन् । गृहमन्त्री लामिछानेको उक्त निर्णय बदरका लागि सर्वोच्च अदालतमा रिट समेत परेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro