site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गर्मीमा एसी : किन पड्किन्छ, कसरी जोगिने ?
SkywellSkywell

काठमाडौं । उत्तर भारतमा धेरै गर्मीका कारण घरमा लगाएको एयर कन्डिसनर्स (एसी) पड्किएर आगलागी भएका केही घटना बाहिर आएका छन् । यी घटनापछि एसीको सुरक्षित प्रयोग र बचावटबारेमा चर्चा सुरू भएको छ । 

अधिकारीहरूका अनुसार बिहीबार उत्तर प्रदेशको नोयडामा एक हाउजिङ सोसाइटीमा लागेको आगोका कारण घरमा लगाइएको एसीको कम्प्रेसर विस्फोट भएको थियो । सो विस्फोटपछि दिनभरी मिडियामा यो आगोको भिजुअलको दृश्य सबैतिर फैलिएको थियो । नोयडा फ्रायड ब्रिगेडका अधिकारी प्रदीपकुमारले पछिल्ला दिनमा १० देखि १२ एसी पड्किएको सूचना पाइएको र यस्ता घटना बिजनेस टावर्समा भएको जनाएका छन् ।

हरियाणाको हिसार जिल्लास्थित बीके न्युरोकेयर अस्पतालमा केही दिन पहिला एसीको कम्प्रेसर फुट्दा आगो लागेको थियो । एसी पड्किनबाट कसरी जोगिने भन्ने बारेमा केही जवाफ खोजौं । 

KFC Island Ad
NIC Asia

गर्मीसँग यसको के सम्बन्ध छ ?

गर्मी र घरमा लगाइएको एसी पड्किने घटनामा सम्बन्ध रहेको छ । तर, कसरी जोगिने भन्ने बारेमा आईआईटी बीएचयुका मेकानिकल विभागका प्राध्यापक जहर सरकारले यसो भनेका छन् :

Royal Enfield Island Ad

– कुलिङका लागि एम्बिएंस(कम्प्रेसर आसपास)को तापमान, कन्डेन्सरको तापमानभन्दा करिब १० डिग्री सेल्सियस कम हुनु जरुरी रहेको छ ।  

– भारतमा अमूमन एसीको कन्डेन्सरको तापमान ५० डिग्री सेल्सियससम्म हुने गरेको छ । जब एम्बिएन्सको तापमान कन्डेन्सरको तापमानभन्दा बढी छ, त्यसबेला एसीले काम गर्न छोड्छ । यो अवस्थामा कन्डेन्सरमा प्रेसर बढ्ने गरेको छ । यस कारणले कन्डेन्सर पड्कने सम्भावना बढी हुने गरेको छ ।

कुन कारणले पड्किन्छ एसी ?

अधिक तापमानबाहेक अन्य केही कारणले एसी पड्किन सक्छ ।

– ग्यास लिकेजका कारण पनि एसीसँग सम्बन्धित् दुर्घटना हुन सक्छ । ग्यास कम हुँदा कन्डेन्सरमा बढी दबाब पर्दछ । जसले गर्दा अधिक गर्मी हुन थाल्छ । यसले गर्दा आगो लाग्ने सम्भावना बढेर जान्छ ।

– फोहर क्वाइल पनि अर्को कारण हो  ।  एसीको कुलिङमा कन्डेन्सर क्वाइलको भूमिका महत्वपूर्ण हुन्छ । यसले  हावाबाट गर्मीलाई बाहिर निकाल्छ । जब क्वाइल फोहोर भएर जाम हुन्छ, त्यतिबेला ग्यासको सामान्य प्रवाहमा असर पर्छ । यसमा कन्डेन्सर धेरै गर्मी हुन थाल्छ । साथै आगो लाग्ने खतरा हुन्छ ।

– भोल्टेजको उतारचढाव पनि अर्को कारण हो । लगातार भोल्टेजको उतारचढावका कारण पनि कम्प्रेसरको अपरफर्ममेन्समा असर पर्छ । यो पनि घटनाको कारण हुन सक्छ ।

कसरी जोगिने ?

– धेरै गर्मी भएको समयमा एसीको कम्प्रेसरलाई छायाँमा राखौँ । कम्प्रेसर र कन्डेन्सर युनिटको आसपास सही तरिकाले भेन्टिलेसन हुनुपर्छ, जहाँ हावा आओस् तर गर्मी अधिक नहोस् ।

– नियमित समयमा एसीको सर्भिस गराउनुपर्छ । जसले गर्दा कुनै पनि समस्यालाई समय रहँदै ठिक गर्न सकियोस् ।

– एयर फिल्टर र कुलिङ क्वाइल्सको सफाइ नियमित रूपमा गरौँ । यसले कम्प्रेसरमाथि अधिक दबाब नपरोस् र सही हिसाबले काम गर्न सकोस् ।

– समय समयमा कुलिङ फ्यानको पनि जाँच गरौँ । यदि कुनै  समस्या भएमा तुरुन्त समाधान गरौँ ।

एसी किन्दा के मा ध्यान दिने ?

– एसी जसको कन्डेन्सर तामाको छ, सो आल्मुनियम कन्डेन्सरवाला एसी बढी महंगो भए पनि त्यो राम्रो हुन्छ । तामा पानी वा हावामा आद्र्धताका साथ रिएक्ट गर्दैन । अर्थात् आद्र्धताका कारण त्यो खराब भइहाल्दैन । यसले गर्दा यो निकै मजबुत हुन्छ । 

– अक्सर आल्मुनियम मेटल भएको एसीको स्थानमा तामाको एसीलाई चलाउनु राम्रो भन्ने विज्ञको सुझाव पाइन्छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro