site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
डोनाल्ड ट्रम्प दोषी ठहर, राष्ट्रपतिको चुनाव लड्न सक्छन् ?
फाइल तस्बिर ।
SkywellSkywell

न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कस्थित अदालतले एक यौन अभिनेत्रीलाई घुस दिएर निर्वाचनअघि चुप बस्न लगाएको अभियोगमा दोषी ठहर गरेको छ । त्यससम्बन्धी सजाय आउँदो जुलाई ११ मा सुनाइनेछ । ट्रम्पले उक्त फैसलालाई सर्मनाक र धाँधली भएको बताएका छन् ।

अमेरिकाको इतिहासमा पहिलोपटक बहालवाला वा पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा चलेर दोषी ठहर गरिएको हो । अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रचार अभियान चलाउने टिमले फैसलालाई उचित भन्दै कोही पनि कानुनभन्दा माथि नहुने जनाएको छ ।

Dabur Nepal
NIC Asia

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उमेदवार हुन् । ट्रम्पको प्रचार टिमले फैसला सार्वजनिक भएपछि उनलाई राजनीतिक बन्दीका रूपमा पेस गर्दै अब अझै ‘ब्यालेट’बाट हराउन बाँकी रहेको जनाएको छ ।

ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति निर्वाचनअघि ‘पोर्नस्टार’ स्टर्मी डेनियल्सलाई चुप लगाउन रकम भुक्तानी गरेको विषय लुकाउन आफ्नो कारोबार रेकर्डमा हेरफेर गर्ने समेतका ३४ आरोप लगाइएको थियो । उनले आरोपको खण्डन गर्दै आएका थिए ।

चुनाव लड्न सक्छन् ?
दोषी सावित भए पनि ट्रम्प आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उमेदवार बन्न पाउनेछन् । अमेरिकी संविधानमा राष्ट्रपति उमेदवारका निम्ति अपेक्षाकृत रूपमा न्यून मापदण्ड मात्र छ । उमेर कम्तीमा ३५ वर्षको हुनुपर्ने, अमेरिकाको आजन्म नागरिक हुनुपर्ने र अमेरिकामा १४ वर्षदेखि बसेको हुनुपर्ने प्रावधान छ ।

आपराधिक रेकर्ड भएको उमेदवारलाई चुनाव लड्नबाट रोक्ने कुनै कानुन अमेरिकामा छैन । जेलको बन्दी व्यक्ति पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro