site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवालाई भेटेपछि प्रधानमन्त्रीको खोजीमा परे माधव नेपाल ! 
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलको बैठकमा एकाएक झुल्किएपछि राष्ट्रिय राजनीतिमा खैलाबैला चलेको छ ।

सत्ता गठबन्धनले ‘भाउ’ नदिएपछि छटपटिएका नेपाल बुधबार बूढानीलकण्ठ पुगेपछि राजनीतिक समीकरण परिवर्तनको सन्देश दिन खोजेका हुन् कि भन्ने चर्चा भयो ।

कांग्रेस–माओवादी गठबन्धन हुँदा उनले राम्रै ‘स्पेस’ पाएका थिए । गठबन्धन फेरिएर एमाले–माओवादी गठबन्धन बनेपछि नेपाल ‘कर्नर’मा परेका छन् । नेपालको पार्टी समाजवादी सत्ता गठबन्धनकै एक घटक हो । ओली–प्रचण्ड मात्र हाबी भएको र आफू बेवास्तामा परेपछि उनको चित्त दुखेको छ । 

KFC Island Ad
NIC Asia

त्यसो त, उनले सार्वजनिक कार्यक्रमहरूमा नै आफूलाई शीर्ष नेताको बैठकमा आमन्त्रण नगरिएको पत्र–पत्रिका पढेर ‘अपडेट’ हुनुपरेको पीडा पोखेका थिए ।  पार्टीभित्र चाहिँ उनी ‘एक ठाउँमा अडिन नसकेको’ भन्दै आलोचना सुरु भएको छ । 

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सम्मिलित विपक्षी दलको बैठकमा नेपाल उपस्थित भएका थिए । उनी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीलाई लिएर बूढानीलकण्ठ पुगेका थिए । 

अध्यक्षको दोहोरो प्रवृत्तिप्रति पार्टीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूमा असन्तोष देखिएको छ । ०८० फागुन २१ गते बनेको सत्ता समीकरणमा रहे पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवासँगको हिमचिमप्रति नेताहरूले प्रश्न उठाएका छन् । 

बिहान एकीकृत समाजवादीका  सम्मानित नेता खनाल प्रधानमन्त्री निवास बालुवाटारमा पुगे । उनको सचिवालयका अनुसार, प्रदेशहरूमा वाम नेतृत्वको सरकारलाई सुदृढ बनाएर लैजाने विषयमा छलफल भएको छ । 

“अध्यक्ष (माधव नेपाल) ज्यूको भेटघाटबारे के हो थाहा भएन । उहाँले प्रदेशमा कम्युनिष्ट पार्टीहरूको सरकारको निरन्तरता दिनुपर्छ भन्ने विषयमा धारणा राख्नुभएको छ,” उनको सचिवालयले भन्यो ।

खनालले नेपाल बूढानीलकण्ठ गएकोप्रति बालुवाटारको छलफलमा असन्तुष्टि व्यक्त गरेका छन् । बूढानीलकण्ठ गएको विषयमा नेपालले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन् । तर, प्रधानमन्त्री प्रचण्डले नेपालको देउवासँगको भेटबारे प्रष्टीकरण दिनुपर्‍यो । 

बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग प्रचण्डले माधव नेपालले यो गठबन्धन नछोड्ने जिकिर गरे । 

“माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनु भएको त थियो,” प्रधानमन्त्री प्रचण्डले भने, “बिहान मेरो कुरा हुँदा उहाँले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भन्नुभयो ।”

बुधबारको छलफलमा सहभागी संसदीय दलका प्रमुख सचेतक चौधरीले भेटमा सामान्य कुराकानी भएको बताए । 

“हामी चिया खान गएका थियौं । गएपछि कुरा भइहाल्यो । समय चाहिँ अरु दलका नेताहरू पनि भएको समय पर्‍यो,” बाह्रखरीसँग चौधरीले भने । 

पार्टी अध्यक्ष नेपालका सचिवालय सदस्य समेत रहेका पार्टी केन्द्रीय सदस्य मोहन गौतम भने गएको निर्वाचनमा सहकार्य गरेको पार्टीका सभापतिसँगको संवाद स्वाभाविक भएको बताउँछन् ।

गएको ०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो । 

“राजनीतिमा कुराकानी हुन्छ नि । चुनावमा कांग्रेससँग सहकार्य भएकै हो । अलग–अलग चुनाव लडेका पार्टी त एक भएका छन् । चुनावमा सहकार्य गरेको दलका नेतासँग भेट्न पनि कसैलाई सोध्नपर्ने हो र ?,” गौतमको प्रश्न छ ।
 
उनले देउवासँको भेटमा गठबन्धन भत्काउने छलफल नभएको जिकिर गरे । “गठबन्धन भत्काउन, बिगार्न गएको त होइन नि । देउवाले छलफलका लागि बोेलाउनु भएपछि अध्यक्ष जानुभएको हो,” उनले भने ।

मधेस प्रदेशका बारेमा उपेन्द्रले मधेस जोगाउन पहल गर्न देउवालाई आग्रह गरेको र त्यही विषयमा छलफल भएको नेताहरू बताउँछन् । विपक्षी दलका नेताको बैठकमा मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल भएको छ ।

अध्यक्ष नेपालले बुधबार भएको छलफलबारे आज पार्टीका नेताहरूलाई ब्रिफिङ गरेका छन् । पार्टीको महाधिवेशनबारे भएको छलफलमा उनले मधेसको साथ खोजको बताए । 

“उहाँहरूले प्रदेश प्रदेशमा हाम्रो साथ खोज्नुभएको रहेछ । मैले, पार्टीमा छलफल गरेर जवाफ दिन्छु भनेको छु,” उनले बैठकमा भनेका छन् ।  स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डले भेटबारे नेपालसँग निकै चासो राखेका छन् । प्रचण्डले नेपाल बूढानीलकण्ठबाट बाहिरिएलगत्तै बुधबार साँझै पनि फोन गरेका थिए । 

एक पदाधिकारीका अनुसार, अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर मधेसमा सघाउने कि नसघाउने भन्ने निष्कर्षमा पुग्ने तयारी गरेको संकेत बैठकमा गरेका छन् । 

“अध्यक्षले पार्टीमा त कुराकानी गर्नुहुन्छ नै । प्रधानमन्त्रीले भेटबारे निकै चासो राखेको पाइयो । सत्ता समीकरणमा देखिएको अन्योलता, पार्टीलाई बेवास्ता गरेको विषयमा प्रचण्ड र ओलीसँग छलफल गर्ने र त्यसपछि देउवाले राखेको प्रस्तावको जवाफ दिने संकेत आजको बैठकमा अध्यक्षले गर्नुभयो,” सहभागी ती नेताले भने ।

त्यसो त, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पार्टीले नपाउने अवस्था देखिएपछि नेपालले देउवा भेटेका थिए । कांग्रेससहितको हस्ताक्षरमा नागरिक उन्मुक्ति पार्टीकै उमेदवार खडा गरेका थिए । 

अन्ततः पार्टीले मुख्यमन्त्री पाउने भएपछि उनले समर्थन फिर्ता लिन सांसदहरूलाई निर्देशन दिएका थिए । त्यहाँ एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले केन्द्रीय सत्ता समीकरणमा रहेका पार्टीहरूकै समर्थनमा मुख्यमन्त्री बनेर विश्वासको मत पनि लिइसकेका छन् । 

एमालेले सोडारीलाई साथ नदिए कांग्रेसले सघाउने वचन देउवाले दिएका थिए ।  एकीकृत समाजवादीको केन्द्रीय सरकारमा दुई मन्त्री, एउटा प्रदेशको नेतृत्व र अरु प्रदेशमा मन्त्री छन् । 

तर, नेपाल अहिलेको गठबन्धनभन्दा पहिलेकै गठबन्धन सहज भएको अनुभव गरिरहेको पार्टीका नेता सुनाउँछन् ।

उता  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिुनुअघि नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुले निर्णय गरेका छन् । 

नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले पाँच दलबीच जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको दाबी गरे । उनका अनुसार केन्द्रीय गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी), जनमत, एकीकृत समाजवादीले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको हो । 

यो गठबन्धनमा केन्द्रमा प्रतिपक्षमा रहेको दल लोसपा नेपाल पनि सहभागी हुने उनले बाह्रखरीलाई जानकारी दिए । 

तर मधेस प्रदेश एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले आफूहरुले सरकार बनाउनका लागि कुनै हस्ताक्षर नगरेको बताए । “हामीले सरकार बनाउनका लागि हस्ताक्षर गरेका छैनौँ, कुनै सहमति भएको छैन,” उनले भने, “यो स्टन्टमात्रै गरिएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro