विदेश
पेरिस । फ्रान्सले न्यु क्यालेडोनिया क्षेत्रमा दंगा भड्किएका कारण टिकटकमाथि लगाएको रोक दुई सातापछि खुला गरेको छ ।
सानो फ्रेन्च प्यासिफिक क्षेत्रमा यो महिना भएको तनावपछि आपत्कालीन अवस्था घोषणा गरिएको थियो । टिकटक पनि बन्द गरिएको थियो ।
दंगामा हिंसाका क्रममा सातजना मारिनुका साथै १०० भन्दा धेरै मानिस घाइते भएका थिए । उक्त क्षेत्र अस्ट्रेलिया र फिजीको बीचमा पर्छ । बीबीसीबाट ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्