site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिहा भए कैलाश सिरोहिया
Tiktok banner adTiktok banner ad

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष  कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई बुधबार साँझ हिरासतमुक्त गरेको हो । उनलाई हाजिर जमानीमा छाडिएको हो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो ।

सिरोहियालाई जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मिडियाको मुख्यालयबाट पक्राउ गरिएको थियो । त्यही रात उनलाई धनुषा लगिएको थियो ।

तर, मुटुमा समस्या देखिएपछि उनलाई जेठ ११ गते प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । तर, आवश्यक परीक्षण सुविधा नभएको कारण देखाएर उनलाई काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचार आवश्यक पर्ने भएपछि उनलाई मंगलबारमात्र ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro