site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान पदाधिकारीको विदेश सयर, खेलाडीको भिसा अन्योल हुँदा नगर प्रमुखलाई निम्तो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनदेखि सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषय अहिले चर्को चर्चामा छ । तर, खेलाडीले भिसा नपाउँदा नेपाल क्रिकेट संघ (क्यान)का केही उच्च पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न भन्दै अमेरिका प्रस्थान गरेका छन् । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका प्रस्थान गरेका हुन् । उनीहरू मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द नेपालबाट विश्वकपमा सहभागी भएको २५ जनाको खेलाडी र अफिसियलको कोटामै अमेरिका पुगेका हुन् । विश्वकपका लागि जाने २५ जना टिमको सम्पूर्ण खर्च आईसीसीले नै बेहोर्ने गर्दछ ।

यस्तै, उनीहरूले प्रतियोगिता अवधिको भत्ता समेत पाउँछन् । २५ जना टोलीभित्र रहेको सबै बिजनेस क्लास फ्लाइटमा यात्रा गर्न पाउँछन् र बसाइँको खर्च पनि आईसीसीकै कोटामा पर्छ । आईसीसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो । 

२५ सदस्यीय नेपाली टिमको नेतृत्व क्यानकै केन्द्रीय सदस्य दिवाकर घलेले गरिरहेका छन् । नेपाली टिम झन्डै एक महिनाअघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए । 

यस्तै, क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा टिमसँगै गएका थिए । क्यान पदाधिकारीबाहेक सचिव पारस खड्काले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका जान क्यानबाट निम्तोको पत्रसमेत पठाएका छन् । क्यान स्रोतका अनुसार सचिव पारससँगै अन्य केन्द्रीय सदस्यहरू पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । 

विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌बाट पनि केही व्यक्ति त्यसतर्फ जान तयारीमा रहेको जनाइएको छ । 

क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठक अध्यक्ष नै टिम अफिसियलको रूपमा जानुले राम्रो सन्देश नदिने बताउँछन् । “अध्यक्ष आफैँ टिम अफिसियलमा नगएको भए राम्रो हुने थियो । खेलाडी भिसा प्रक्रियामै हुँदा अध्यक्षजस्तो मान्छे यसरी जानुले राम्रो सन्देश दिँदैन । क्यानबाट निम्तो पनि कतिजनालाई गएको हो भन्ने जानकारी माग गरेका छौँ,” पाठकले भने ।

यता, क्रिकेटर सन्दीप भिसा नपाएर नेपालमै रोकिँदा विश्वकपमा उनको सहभागिता अनिश्चित बनेको छ । यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेको थियो । तर, उच्च अदालत पाटनबाट सफाइ पाएपछि भने उनको भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले सन्दीपलाई भिसा नदिएको हो । 

भिसा किन नदिइएको भन्ने विषयमा भने दूतावासले ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले भिसाको कुनै केस विशेषमा टिप्पणी गर्न नसक्ने’ जनाएको छ । सन्दीपको भिसाका विषयमा क्यानले प्रक्रिया थालेको जनाए पनि यसबारे हालसम्म कुनै उपलब्धि भएको देखिएको छैन । यसैकारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उनी निकट स्रोतले जनाएको छ । दूतावासबाट आज दिनभरीमा सकारात्मक परिणाम नआए सन्दीपको अमेरिका यात्रा यस पटक हुने छैन ।

can-1716976123.jpg
438332826_1578142482751582_2056035595685797695_n-1716976162.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro