site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
SkywellSkywell

पर्सा । औद्योगिक नगरी वीरगन्जका उद्योगी तथा व्यवसायीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने रहेको प्रतिक्रिया दिएका छन् । 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आव २०८१/०८२  को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उद्योगले आयात गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्रथामिकता र प्रश्रय दिने नीतिको यहाँका उद्योगी, व्यवसायी तथा शैक्षिक क्षेत्रका अगुवाले स्वागत गरेका छन् । 

KFC Island Ad
NIC Asia

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले बजेटलाई सरसर्ती हेर्दा स्वदेशी उद्योगी–व्यवसायीलाई प्रवर्द्धन र संरक्षण गर्ने आएको प्रतिक्रिया दिए ।  

उनले भने, “बजेटले करका दरमा के–के परिवर्तन गरेको छ भन्ने कुरा आर्थिक ऐन नहेरीकन थाहा पाउन सकिँदैन ।” अध्यक्ष अग्रवालले आगामी आवको बजेटमा उद्योग–व्यवसायीको अधिकांश मागलाई समेट्ने प्रयास गरिएको बताए । 
 
आलु, प्याज र स्याउको मूल्यअभिवृद्धि कर घटाउनु स्वागतयोग्य

Royal Enfield Island Ad

अर्थमन्त्री पुनले आगामी आवको बजेटमा आलु, प्याज स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गर्ने घोषणा गरेका छन् । वीरगन्ज कलेजका कार्यकारी अध्यक्ष तथा अर्थशास्त्री डा. दीपेन्द्रकुमार चौधरीले सरकारले बजेटमार्फत ल्याएको आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर हटाउने नीति सकारात्मक रहेको बताए । 

“हामीले एक वर्षदेखि आलु, प्याजमा लगाएको मूल्य अभिवृद्धि कर खारेज हुनुपर्छ भन्ने माग राख्दै आएका थियौँ”, उनले भने, “अहिले सरकारले बजेटमार्फत मूल्य अभिवृद्धि कर हटाएर सकारात्मक सुरुआत गरेको छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro