site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटमा माओवादीलक्षित कार्यक्रमलाई अर्बौं रुपैयाँ विनियोजन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा केही नेकपा (माओवादी केन्द्र) पार्टीलक्षित कार्यक्रम राखिएको छ ।

माओवादी पार्टीलक्षित कार्यक्रमको लागि अर्बौं रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्नको लागि बजेट छुट्टयाइएको छ ।

द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनःस्थापनाका लागि शान्ति कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

“सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा अन्य आन्दोलनमा घाइते र अपांगता भएकालाई प्रदान गरिँदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिएको छु,” बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने ।

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोथेरापी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरिएको छ । सीता दाहाल प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी हुन् । उनको २०८० असार २७ गते निधन भएको थियो ।

आगामी वर्षको बजेटमा गुरिल्ला ट्रेललाई पनि अघि बढाउने उल्लेख गरिएको छ । पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्न ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गरिने अर्थमन्त्री पुनले बताए ।

“पुराना प्रचलनमा रहेका पदमार्गको संरक्षण र सम्वर्द्धन गरिनेछ । सम्भावित  जोखिमयुक्त क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गरिनेछ । पर्यटन पूर्वाधार विकासका लागि पाँच अर्ब ४६ करोड विनियोजन गरेको छु,” अर्थमन्त्री पुनले भने ।   

प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम आगामी आर्थिक वर्ष अघि बढाइने छ ।

छोरीलाई रोजगारउन्मुख  शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न उक्त कर्याक्रमको लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro