site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीएनआई र थाई उद्योग महासंघबीच लगानी प्रर्वधन गर्ने समझदारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई)बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा बुधबार थाइल्यान्डको बैंककमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका हुन् ।

लगानी तथा व्यापार प्रवर्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन/अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदानलगायत सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो ।

विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यस समझदारीले थाइल्यान्डको लगानी भित्र्याउन परिसंघका अध्यक्ष अग्रवालको सहयोग गर्ने विश्वास छ । लगानी प्रवर्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उनले बताए ।  

परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकको बीचमा रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने परिसंघले जनाएको छ ।

दुई संस्थाबीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा थाइल्यान्ड भ्रमणमा रहेका नेपाली प्रतिनिधि सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro