प्रविधि
काठमाडौं । अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी अमेजनले इटालीमा डाटा सेन्टर व्यापार विस्तारका लागि अर्बाैं युरो लगानी गर्ने भएको छ ।
यसका लागि कम्पनीको अमेजन वेब सर्भिस (एडब्ल्यूएस) युनिटले इटालीसँग वार्ता गरिरहेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । अमेजनले युरोपमा क्लाउड सेवा विस्तार गर्नका लागि त्यहाँ डाटा सेन्टरमा लगानी गर्न लागेको हो ।
एडब्ल्यूएसले सन् २०२९ सम्म इटालीमा दुई अर्ब युरो लगानी गर्ने गरी सन् २०२० मा त्यहाँ पहिलो क्लाउड रिजन वा सेन्टर स्थापना गरेको थियो । राेयटर्स
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १३:२८
प्रतिक्रिया दिनुहोस्