site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङको जहदामा ११ सय किलो गाँजासहित दुईजना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिकामा प्रहरीले एक हजार १०३ किलो गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका–७ स्थित मुसहरी टोलमा छापा मार्दा सो परिमाणमा गाँजा बरामद भएको हो ।

बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले स्थानीय २७ वर्षीय उमेश कामतको घरबाट एक हजार ८८ किलो र ३३ वर्षीय अरबिन साहको घरबाट १५ किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, दुवैजनालाई हिरासतमा लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रारम्भिक अनुसन्धान गर्दा गाँजा भारततर्फ तस्करी गर्न लागिएको आशंका गरिएको छ । यो घटनाले स्थानीय क्षेत्रमा गाँजा खेती र तस्करी बढ्दो समस्या भएको संकेत गरेको प्रहरीको भनाइ छ । प्रहरीले त्यस क्षेत्रमा गाँजा तस्करी नियन्त्रण गर्न विशेष अभियान चलाइरहेको जोशीले बताए ।

पछिल्ला वर्षहरूमा नेपाल–भारत सीमा क्षेत्रमा लागुऔषध तस्करी बढ्दो क्रममा रहेकोले सुरक्षा निकायहरूले सीमा क्षेत्रमा निगरानी बढाएको जनाएका छन् । मोरङ प्रहरीले यस प्रकारका अवैध गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro