site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी सरकार ढलेसँगै सर्वोच्चको आदेश पनि सच्चियो !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सरकार ढलेको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिट जारी गरिदिएसँगै अधिकारी नेतृत्वको सरकार ढलेको हो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले पाण्डेको रिट जारी गरिदिएको हो ।

रिटमा पाण्डेले मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति र विश्वासको मत संविधान र कानुनविपरीत भएको दाबी गरेका थिए । 

सर्वोच्चले ६० प्रदेशसभा सदस्यमा ३० जनालाई नै बहुमत मानेर लिएको विश्वासको मत संविधान विपरीत ठहर गरेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सर्वोच्चको आदेश पनि सच्चियो !

गत चैत २५ गते प्रदेशसभाका सभामुखसमेतलाई जोडेर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए । यस प्रक्रियाविरुद्ध कांग्रेस संसदीय दलका नेता पाण्डेले चैत २७ गते दायर गरेको रिट न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासले वैशाख १७ गते खारेज भएको थियो । मल्ल र सुवेदीको इजलासले ६० सदस्यीय प्रदेशसभामा सभामुखलाई गणना नगर्दा ५९ हुने र त्यसको ३० नै बहुमत हुने व्याख्या गरेको थियो ।

Royal Enfield Island Ad

त्यही व्याख्यामा टेकेर वैशाख २५ गते प्रदेशसभाका ३० सदस्यको मत पाएका अधिकारीले विश्वासको मत पाएको घोषणा सभामुख कृष्णराज धितालले गरिदिएका थिए । सर्वोच्चको उक्त फैसला पनि गण्डकीको नयाँ फैसलासँगै सच्चिएको छ ।

कुल ६० प्रदेशसभा सदस्यमा ३० जना नै बहुमत हुने सर्वोच्चको फैसलालाई आधार मानेर विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेस संसदीय दलका नेता पाण्डेले पुन: वैशाख २७ मा रिट दायर गरेका थिए । सभामुखलाई बहुमत अल्पमतमा सहभागी नगराउन प्रदेश प्रमुख डिल्लिराज भट्टलाई पत्राचारसमेत गरेका पूर्वमुख्यमन्त्री पाण्डेले अल्पमतमै नियुक्ति भएका अधिकारीलाई सर्वोच्चको आदेश देखाएर विश्वासको मतसमेत पाएको घोषणा गरेपछि अर्को रिट दायर गरेका थिए ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि वैशाख २८ मा सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री अधिकारी एकैपटकको नियुक्तिमा दोस्रोपटक कामचलाउ भएका थिए ।

संविधानतः विश्वासको मत माग्ने प्रस्तावमा सम्पूर्ण सभाको बहुमत नपाएपछि मुख्यमन्त्री स्वतः पदमुक्त हुने व्यवस्था छ । तर, सर्वोच्चकै फैसला अनुरूप विश्वासको मत लिएको देखिएको भन्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेशबाट मुख्यमन्त्रीलाई कामचलाउ भूमिका रहने गरी पूर्ण सुनुवाइका लागि पेसी तोकिदिएको थियो । त्यसयता न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा सनुवाइ भइरहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro