देश
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका चार डीआईजीले दर्ज्यानी चिह्न लगाएका छन् ।
गृहमन्त्रीस्तरको निर्यणअनुसार जेठ १३ मा बढुवा भएका डीआईजी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीले दर्ज्यानी चिह्न लगाएका हुन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सोमबार उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
उनीहरूसँगै गृह मन्त्रालय सचिवस्तरको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहले समेत दर्ज्यानी चिह्न लगाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १८:४२
प्रतिक्रिया दिनुहोस्