site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चेपाङ विद्यार्थीलाई अध्ययन खर्च 
Siddhartha BankSiddhartha Bank

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा यहाँका दुई चेपाङ विद्यार्थीलाई आइतबार अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । 

आँबुखैरेनी गाउँपालिका–५ निवासी अमृत र सञ्जीव चेपाङलाई मासिक रु पाँच हजारका दरले अध्ययन खर्च उपलब्ध गराएको हो । रामशाह माध्यमिक विद्यालयमा अध्ययनरतद्वय विद्यार्थी क्रमश कक्षा कक्षा ९ र कक्षा ११ मा अध्ययनरत रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार कार्यपालिका बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक पाँच हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम प्रदान गरिएको हो । विद्यार्थी अमृतलाई दोस्रो र तेस्रो किस्ताबापत मंसिरदेखि असारसम्म आठ महिनाको ४० हजार र सञ्जीवलाई यही शैक्षिक सत्रको वैशाखदेखि असारसम्म तीन महिनाको १५ हजार बराबरको चेक हस्तान्तरण गरिएको हो । 

माध्यमिक तह अध्ययनका लागि घर पाएका नपरेका र विपन्न विद्यार्थीलाई गाउँपालिकाले अध्ययन खर्च उपलब्ध गराएर शिक्षा लिने सुविधा प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । शिक्षा लिनबाट कोही वञ्चित हुन नपरोस् भनी गाउँपालिकाले निर्णय नै गरेर अभियान अघि बढेको छ”, उनले भने “विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवासबापत मासिक पाँच हजारका दरले सहयोग गर्ने नीति अवलम्बन गरेको छ ।” 

Global Ime bank

त्यसैगरी, १४ जना कार्यपालिका सदस्य र एकजना प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ताबापतको रकम शैक्षिक कोषमा जम्मा गरेका छन् । १५ जनाको मासिक एक हजारका दरले दश महिनाको एक लाख पचास हजार शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । 

उनका अनुसार शैक्षिक कोषमा जम्मा भएको रकम विपन्न वर्गका छोराछोरीको अध्ययनका लागि खर्च गर्ने योजना छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement