site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाग्मती र कोसीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा पर्नेछ दिउँसो पानी 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशका  थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोसी प्रदेशमा साधारणतया बदली रही देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Global Ime bank

कोसी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

विभागले राति कोसी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । 

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेपालमा हाल स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement