site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शक्तिशाली 'रेमल' चक्रवातको असर नेपालका चार प्रदेशमा देखिने, सतर्क रहन आग्रह
Siddhartha BankSiddhartha Bank

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित शक्तिशाली 'रेमल' चक्रवातबाट नेपालका चार प्रदेशमा प्रभाव पार्न सक्ने भएकाले सकर्त रहन आग्रह गरेको छ ।

आइतबार अपराह्न एक बुलेटिनमार्फत महाशाखाले नेपालमा 'रेमल' चक्रवातको प्रत्यक्ष प्रभाव नरहे पनि अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णरूपमा बदली रहने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाका अनुसार कोसी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ तथा  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोसीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ र

मधेस प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

वाग्मती प्रदेशको थोरै स्थानहरू मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली शनिबार साँझ चक्रवातमा परिणत भएर अहिले शक्तिशाली चक्रवातको रूपमा रहेको छ । उक्त चक्रवात भारतको पश्चिम बंगाल तथा बंगलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement