site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एसिड आक्रमणपीडितहरूको क्षतिपूर्तिका विषयमा छलफल हुँदै 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुइवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । 

बिहान साढे ११ बजे बस्ने बैठकमा छलफलको कार्यसूची विविध पनि रहेको छ । 

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा एसिड आक्रमणपीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro