site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा तीन दिन विद्यालय बन्द
सांकेतिक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

खजुरा (बाँके) । गर्मी अत्यधिक बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ ।

अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सबै विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।

नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement