site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली सेनाका अर्बौंका प्रतीतपत्र बर्सौंदेखि बन्द गर्न बाँकी

काठमाडौं । नेपाली सेनाले अर्बौं रुपैयाँका प्रतीतपत्र बर्सौंदेखि बन्द नगरी राखेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा सेनाले बन्द गर्न बाँकी राखेका प्रतीतपत्रहरूबारे औँल्याइएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०७९/८० सम्म नेपाल राष्ट्र बैंकमा दुई करोड १४ लाख २५ हजार अमेरिकी डलर, २६ लाख ८२ हजार युरो र १३ करोड ५३ लाख ३५ हजार रुपैयाँ बराबरका प्रतीतपत्र बन्द हुन बाँकी छन् ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११३ (८) मा मालसामान उपलब्ध गराउने सम्बन्धित आपूर्तिकर्ताबाट मालसामान उपलब्ध हुन नसकेकोमा वा मालसामान उपलब्ध गराउन निर्धारित समयभित्र मालसामान प्राप्त हुन नसकेमा साधारणतया प्रतीतपत्र रद्द गर्नुपर्ने हुन्छ ।

प्रतीतपत्र रद्द गरेर सोबापत बैंकमा जम्मा भएको रकम फिर्ता लिई प्रतीतपत्र पेस्की फर्स्योट गर्नुपर्ने व्यवस्था नियमावलीमा छ । तर, सेनाले बर्सौं बित्दा पनि प्रतीतपत्र रद्द नगरी बसेको पाइएको छ ।

त्यसैगरी सेनाको विमान सामग्री तथा पार्ट्स खरिद गर्न सैनिक हवाई महानिर्देशनालय, मध्य एयरवेसले विभिन्न बाणिज्य बैंकमा खोलेको १२ लाख ४३ हजार १४८ अमेरिकी डलर, एक लाख ९२ हजार ३९ युरो र ५३ लाख ५० हजार ७५९ भारतीय रुपैयाँको प्रतीतपत्रहरू पनि बन्द हुन बाँकी रहेका छन् ।

“बैंकमा रहेका प्रतीतपत्रसँग सम्बन्धित खरिद सम्झौताबाट प्राप्त हुनुपर्ने सामग्री वा सेवा निर्धारित समयमा प्राप्त नभएमा नियमानुसार प्रतीतपत्र बन्द गरी बैंकमा रहेको रकम फिर्ता हुनुपर्दछ,” महालेखाले प्रतिवेदनमा भनेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro