देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५१ जना कर्मचारीलाई वर्षैभरि काजमा राखेर साढे तीन करोडभन्दा धेरै तलब भत्ता भुक्तानी गरेको पाइएको छ ।
महालेखापरीक्षकको ६१औँ प्रतिवेदनले प्रदेश र स्थानीय तहमा समायोजन भएका ५१ कर्मचारीलाई काजमै राखेर तीन करोड ५७ लाख ८३ हजार रुपैयाँ तलब भुक्तानी गरेको उल्लेख छ ।
यस्तै, प्रदेश र स्थानीय तहमा दरबन्दी रहेका ८५ जनालाई वीर अस्पतालमा काजमा राखेर आठ करोड ९४ लाख १६ हजार रुपैयाँ तलब भत्ता भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य सेवा ऐन, २०५२ अनुसार एक वर्षमा ३० दिनभन्दा बढी काजमा बस्न नखटाउने व्यवस्था छ ।
यस्तै, कर्मचारी समायोजन ऐन, २०७५ मा २१ दिनभित्र खटाइएको कार्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १८:५९
प्रतिक्रिया दिनुहोस्