site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ मन्त्रालय र मातहतका निकायले चार खर्ब १५ अर्बभन्दा बढी रकम उठाउन बाँकी

काठमाडौं । अर्थ मन्त्रालय र मातहतका निकायले गत आर्थिक वर्षको अन्त्यसम्म चार खर्ब १५ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख छ ।

अर्थ मन्त्रालय र मातहतका निकायले चार खर्ब १५ अर्ब तीन करोड दुई लाख रुपैयाँ राजस्व तथा भाखा नाघेको ऋणको साँवाब्याज असुल गर्न बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ ।

त्यसमध्ये राजस्व बक्यौता दुई खर्ब ५८ अर्ब ८५ करोड ४८ लाख र सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको साँवाब्याज एक खर्ब ४५ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ छ । असुल गर्न बाँकी राजस्व बक्यौतामध्ये एक खर्ब ४५ अर्ब ७७ करोड ८७ लाखका विषयमा करदाता न्यायिक पुनरावेदनमा गएका पनि उल्लेख छ ।

कुल असुल गर्न बाँकी रकमको ५६.३२ प्रतिशत न्यायिक निकायमा विचाराधीन रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro